"Our Mission, Sound Educational Environment in the Institution"
परिचय
हाम्रो श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम सुर्खेतको स्थापना २०१५ साल बैशाख २२ गते भएको थियो । यस विद्यालय कटकुवामा स्थापना भएको र सुरुमा १—५ स्विकृत भएको थिो । निम्न माध्यमिक हुँदै २०४३ सालमा संस्कृत माध्यमिक विद्यालयका रुपमा र २०४७ मा साधारण कार्यक्रम समावेश गरी सञ्चालन हुँदै आएको हो । वि.सं. २०६२ सालदेखि कक्षा ११/१२ शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएकोमा २०६६ समम्म आइपुग्दा उच्च मावि तहमा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायसमेत सञ्चालन गरियो । २०७४ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिमा १८ महिने सिभिल सबओभरसियर कार्यक्रम र २०७६ देखि ३ वर्षे सिभिल डिप्लोमा कार्यक्रम सुरु गरिएको छ ।

सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर घण्टाघरदेखि करिब एक किलोमिटर पूर्वोत्तर तथा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको आधा किलोमिटर पूर्वको दुरीमा अवस्थित छ । यस विद्यालयको सेवा क्षेत्र प्रा.वि. बालमन्दिर, पद्यलिला प्रावि, सरस्वती प्रावि, कालीकास्थान प्रावि, नेरा आवि चिसापानी, नेरा आवि खजुरा आदि रहेका छन् ।

आफ्नो दुई ओटा हातामा सञ्चालित विद्यालय आधारभूत ब्लकमा कक्षा १ देखि ६ सम्म साधारण कार्यक्रम र प्राविधिकतर्फ सिभिल इन्जिनियरिङका सम्पूर्ण कार्यक्रम सञ्चालन गरिँदै आइएको छ । माध्यमिक ब्लकमा प्रशासनिक भवन र कक्षा ७ देखि १२ सम्मका कक्षाहरु सञ्चालन गरिँदै आइएको छ । माध्यमिक तह कक्षा ११ र १२ को पठन पाठन भौतिक सुविधा (कक्षा कोठा) को अभावमा बिहानी सत्रमा सञ्चालन गर्ने गरिएको छ भने ७ देखि १० सम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सञ्चालन गरिँदै आइएको छ ।

हाम्रो विद्यालयमा कक्षा ६ देखि १२ सम्म प्रत्येक कक्षामा कम्तीमा एक एक ओटा अङ्ग्रेजी माध्यमका कक्षा सञ्चान गरिएको छ भने कक्षा ९ र १० मा दुई दुई ओट सेक्सन सञ्चालन गर्ने गरिएको छ । शैक्षिक सत्र २०७६ को शिक्षक तथा विद्यार्थी विवरण निम्नअनुसार रहेको छः

निजी माध्यमिक ११/१२ (सरकारी ३) (निजी १) जम्मा ४
माध्यमिक (सरकारी ६) (निजी १) जम्मा ७
नि.माध्यमिक (सरकारी ५) (निजी ६) जम्मा ११
प्राथमिक (सरकारी १२) (निजी ०) जम्मा १२
बालविकास (सरकारी २) (निजी ०) जम्मा २

कक्षा जम्मा
बावि = ४१
१ देखि १० = १२५६
११ र १२ = ५७८
सिभिल १८ महिने र ३ वर्षे = ४४ (२२+२२)

यामलाल घिमिरे
प्रधानाध्यापक


Goals :
गुणस्तरीय शिक्षा एवं जीवन उपयोगी शिक्षालाई मुल नारा बनाई उपयुक्त पर्योजनका लागि उपयुक्त जनशक्ति उत्पादन गरी राष्टिय मुलधारमा समायोजन गरी केही भन्नुपर्छ भन्दा पनि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न ।
Mission :
क) स्वच्छ स्वास्थ्य शैक्षिक वातावरणको निर्माण गर्न ।
ख) विध्यार्थिहरुलाई आधुनिक वैज्ञानिक प्रविधिसंग परिचित गराई उक्त प्रविधिहरुको प्रयोगमा जोड दिन ।
ग) विध्यार्थिहरुका अन्तरनिहित क्षमतालाई ध्यान दिई शिक्षण क्रियाकलापहरु गर्न ।
घ) विध्यार्थिहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न ।
ङ) आर्थिक अवस्था न्युन रहेका तथा विपन्न वर्गका विध्यार्थिहरुलाई सर्बसुलभ तरिकाबाट गुणस्तरीय शिक्षा प्रदान गर्न ।