"Our Mission, Sound Educational Environment in the Institution"
प्राचार्यको कलमबाट :

“शिक्षकले पढाएपछि मात्र पढ्ने बानीलाई विकास गर्दै आफै पढ्नेतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

वर्तमान विश्व परिवेश कोभिड १९ कोरोना भाइरसका कारण प्रभावित छ । सम्पूर्ण मानव जाति बन्दाबन्दीको प्रभावबाट स्थिर रहेको छ । यस्तो किसिमले विद्यार्थीहरुका लागि शैक्षिक सत्र २०७७ को भर्ना, पाठ्यपुस्तक वितरण, नियमित कक्षा पठनपाठन बिलम्ब भइसकेको छ ।

हालसम्मको अवस्थालाई दृष्टिगत गर्दा अभिभावकज्यूहरुले आफ्ना नानी बाबुहरुलाई घरमै सुरक्षित राखी पठन पाठनको वातावरण बनाइदिनु पर्ने परिवेश सिर्जना भएको छ । साथै विद्यार्थी भाइबहिनीहरुले पनि घरमा नै बसी आफु भन्दा जान्ने दाइ, दिदी वा अभिभावकसँग नजिकमा रही पढाइलाई निरन्तरता दिनुपर्ने भएको छ । शिक्षकले पढाएपछि मात्र पढ्ने बानीलाई विकास गर्दै आफै पढ्नेतर्फ सोच्नुपर्ने बेला आएको छ । देश सामान्य अवस्था नफर्कियुञ्जेलसम्मका लागि विद्यार्थी भाइबहिनीले घरमा नै बसी विभिन्न सञ्चारका माध्यमिकबाट तयार पारिएका डिजिटल सामग्री अध्ययन गर्ने, रेडियोबाट प्रसारण हुने शैक्षिक कार्यक्रम सुन्ने र आफ्नो स्वाध्यान कार्यलाई निरन्तरता दिन आवश्यक भएको छ । यदि असहज परिस्थिति कायम रही अझै बन्दाबन्दीको सामना गर्नुपर्ने भयो भने पठनपाठन कार्यलाई इन्टरनेट, टेलिभिजन, रेडियो आदि विद्युतीय माध्यमबाट शिक्षण गर्नुपर्ने हुन सक्छ । यस विषम परिस्थितिलाई समेत सामना गर्न तयार भई रहनसमेत सबैमा सादर अनुरोध छ ।

जय श्रीकृष्ण!!!

यामलाल घिमिरे
प्रधानाध्यापक